दुग्ध सहकारीमा आगलागी

मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका १८ दोभानचौरमा रहेको रत्नदेवी दूध उत्पादन सहकारी सस्थामा आगलागी हुँदा ७ लाख क्षति भएको छ ।
बिजुलीको तार सर्ट भई आगलागी हुँदा सहकारीको कागजात र नगद समेत जलेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी नायब निरीक्षक अरबिन्द्र कुमार यादवका अनुसार स्थानीयवासी, वारुणयन्त्र, प्रहरीको सहयोगमा डेढ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।
आगोबाट दूध चेक गर्ने मेसिन वनलाईजर सेट १ थान, कम्प्युटर १ थान, मिटर बक्स १ थान १२ भोल्ट को ब्याट्री १ थान,अफिस भित्र रहेको कागज पत्र , टेवल कुर्सी,जस्तापाता ४ बन्डल, विद्युतीय तौल तराजु जलेको छ ।
घटनाबाट ७ लाख बराबरको क्षति भएको यादवले बताए । विद्युत सर्ट भएरै गएराति पनि मकवानपुरको थाहा नगरपालिकामा पनि २ वटा घर जलेर नष्ट भएको थियो ।

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

प्रतिक्रिया