आठ वर्षपछि ‘दिमाग खराब’मार्फत् निर्देशनमा कमब्याक गर्दै निश्चल

काठमाडौँ -आठ वर्षअघि ‘लुट २’ निर्देशन गरेर चुप्प बसेका निश्चल बस्नेतले चौथो फिल्मको रुपमा ‘दिमाग खराब’ निर्देशन गर्ने भएका छन् । उनले सामाजिक सञ्जालमा फिल्म प्रदर्शनको मिति पनि सार्वजनिक गर्दै फिल्म निर्देशन गर्न लागेको जानकारी गराएका हुन् ।
उनले फिल्मको कथा मान्छे र शक्तिको वरिपरि रहने संकेत गरेका छन् । फिल्मलाई निश्चलले आकाश बरालसँग मिलेर लेखेका हुन् । फिल्मको छायांकन जेठदेखि गर्ने चर्चा छ । तर फिल्ममा रहने कलाकारको बारेमा भने जानकारी सार्वजनिक भएको छैन ।
फिल्ममा ‘छक्का पञ्जा’ समूहका केही कलाकारको पनि अभिनय रहने चर्चा छ । तर यो कुरा स्वतन्त्र रुपमा पुष्टि भएको छैन । योबाहेक दयाहाङ राई, सौगात मल्ल र स्वस्तिमा खड्का रहने चर्चा छ । ‘लुट २’ निश्चल अरुका फिल्मका आइटम गीत र म्युजिक भिडियोमा सक्रिय रहेका थिए । यही बीचमा उनले ‘प्रसाद’ र ‘घामड शेरे’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया