नेपालमा कोभिडविरुद्धको खोप लगाउनेको संख्या साढे २४ लाख
आपतकालीन खोप प्रयोगका लागि चारवटा कम्पनीले पाइसके अनुमित

काठमाडौँ : नेपालमा कोभिडविरुद्धको खोप लगाउनेको संख्या २४ लाख ५३ हजार ५ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २० लाख ९१ हजार ५ सय ११ जनाले लगाएका छन् । दोस्रो मात्रा खोपको डोज लगाउनेको संख्या ३ लाख ६२ हजार १ पुगिसकेको छ ।
नेपालमा पहिलोचरणमा भारतमा निर्मित कोभिसिल्ड खोप लगाइएको थियो । फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी र सञ्चारकर्मीले लगाएका थिए ।
चीनबाट प्राप्त सिनोफार्मको भेरोसेल खोप पनि लगाइएको छ । सिनोफार्मको भेरोसेलको पहिलो चरणको खोप लगाउँदै गर्दा कोभिड संक्रमण बढेपछि स्थगन गरिएको छ ।
हालसम्म चार वटा कम्पनीले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् । सिरम इन्स्च्युटबाट उत्पादित कोभिसिल्ड, सिनोफार्मको सेरोभेल, भारतबायोटेकको कोभ्याक्सिन र रसियन कम्पनी 'स्पुटनीक भि'ले आपतकालीन प्रयोगका अनुमति पाइसकेका छन् ।
हालसम्म दुई वटा कोभिसिल्ड र भेरोसेल खोप प्रयोगमा ल्याइसकिएको छ । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार चीनको सिनोभ्याक्सले आपतकालीन प्रयोगका लागि अनुमति मागेका छन् ।
डकुमेन्ट पेश गरिसकेका छन, आवश्यक कागजात पुर्याउन अझै बाँकी रहेको छ,' केसीले भने, ' सबै प्रक्रिया पुर्याएर कागजात पुर्याएमा अनुमति दिन्छौ ।' अन्य थप कुनै कम्पनीले अनुमति नमागेको उनले जानकारी दिए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया