शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

थप १०६ जनामा कोभिड संक्रमण

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टामा १०६ जनामा काेभिड-१९ संक्रमण पुष्टि भएकाे जनाएकाे छ ।

बिहीबार अपराह्न मन्त्रालयले सार्वजनिक गरेकाे विवरणअनुसार पछिल्लाे २४ घण्टामा १ हजार ४८८ नमुना परीक्षण गर्दा १०६ जनामा काेभिड संक्रमण पुष्टि भएकाे हाे । जसअनुसार ५४१ नमुनाकाे पीसीआर परीक्षण गर्दा ६४ जनामा र ९४७ नमुनाकाे एन्टिजेन परीक्षण गर्दा ४२ जनामा काेभिड संक्रमण देखिएकाे छ ।

याेसँगै सक्रिय संक्रमितकाे संख्या ४३५ पुगेकाे छ ।​​ पछिल्लाे २४ घण्टा ७४ जनामा काेभिड मुक्त भएका छन् ।