आइएमई पेको “तिमीलाई पनि, मलाई पनि” अफर

काठमाडौं | आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे”ले वालेट-टु-वालेट ट्रान्सफरलाई प्राथमिकता दिदै “तिमीलाई पनि, मलाई पनि” नामक अफर सार्वजनिक गरेको छ ।
२०७९ चैत २९ देखि २०८० भाद्र २६ (अप्रिल १२ देखि सेप्टेम्बर १२ २०२३) सम्म चल्ने सो अफरमा ग्राहकवर्गले आइएमई पेमा वालेट-टु-वालेट ट्रान्सफर अर्थात आइएमई पे वालेटबाट आइएमई पे वालेटमै पैसा पठाउने वा पाउने सेवा प्रयोग गरी स्मार्टवाच -हेयलोउ आर.टि एल.एस.०५५ जित्ने मौका पाउन सकिनेछ । सो अफर ५ महिनासम्म चल्ने छ र प्रत्येक महिनाको अन्त्यमा २ जना भाग्यशाली विजेता छनौट गरिनेछ । यस अफर अन्तर्गत पैसा पठाउने ग्राहकवर्गबाट एक जना तथा पैसा पाउने ग्राहकवर्गबाट एक जना विजेता गोलाप्रथाबाट छानिने छ ।
यस अफर अवधिभर वालेट-टु-वालेट ट्रान्सफर गर्ने सबैले पुरस्कार जित्न सक्नेछन् ।
ग्राहकवर्गमा वालेट-टु-वालेट ट्रान्सफर (पि.टु.पि) सेवाको सहजता र महत्वको जानकारी प्रदान गर्नका साथै ग्राहकहरुलाई विद्युतीय भुक्त्तानी माध्यम मार्फत कारोबार गर्न उत्प्रेरित गर्ने उदेश्यका साथ यो अफर सार्वजनिक गरिएको हो

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_mve9Uo7ePh_clejgu2ljmi9gfl6gglknlysru1ckt6infkrijrgegazzdakru00r5yhe3zd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया