एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई

काठमाडौँ - नेपाली लेखक संघद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।
संघको आज बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवं संस्कृतिविद् काइँलालाई रु एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको संघका सचिव अनुपमा रेग्मीले जानकारी दिए । उक्त पुरस्कार आगामी वैशाख १६ गते राष्ट्रिय लेखक दिवसको अवसर पारेर प्रदान गर्ने निर्णय भएको रेग्मीले बताए । ।
संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न दिवस मनाउँदै आइरहेको सन्दर्भमा नेपालमा राष्ट्रिय लेखक दिवस पनि मनाउने निर्णय गरेअनुसार वैशाख १६ गते सोही दिवस मनाउने निर्णय गरेको हो ।
विसं १९८७ मा ‘सरस्वती गुठी’ नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले त्यतिबेलाका ४५ कवि, लेखक एवं वुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीमशमशेर समक्ष निवेदन पेश गर्दा श्री ३ को निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाइ दण्डित गरेको दिन वैशाख १६ लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको हो । उक्त दिनलाई नेपालको इतिहासमा ‘लाईब्रेरी पर्व’ को रुपमा लिइन्छ ।
रासस
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया