गण्डकीका मुख्यमन्त्रीको ‘कैची–रिबन’ मोह

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पछिल्ला समय उद्घाटनमा व्यस्त हुन थालेका छन् । नेकपा (माओवादी केन्द्र)ले साथ छोडेसँगै उनको मुख्यमन्त्री पद धरापमा छ । तर, उनमा ‘कैची–रिबन’ मोह भने प्रष्टै झल्किएको छ । दुई दिनमा १० पुलको उद्घाटनले यो प्रष्टिन्छ ।
उनले चैत २५ गते एकै दिन ५ पुल उद्घाटन गरेका थिए । त्यसै गरी बिहीबार (आज मात्र) फेरि अरु ५ वटा पुलको उद्घाटन गर्न भ्याए । चैत २५ शनिबार इदीखोला मोटरेवल पुल, वार्दी खोला पुल, मकैखोलाको पुल, मादी नदी पुल र पोखरा ३२ र शुक्लागण्डकी १ जोड्ने खुदीखोला पुल उद्घाटन गरेका थिए ।
‘कैची–रिबन’ मोहले उनको यात्रा यतिकै रोकिएन । उनले बिहीबार पोखरा भित्रका ४ र माछापुच्छ्रे गाउँपालिकाको एउटा पुल उद्घाटन गरे । ढल्केपुल–झौरीखेत, फिर्के खोला पुल, पामे पुल, खहरेखोला पुल र रिभान खहरे खोला पुल उद्घाटन गरेका हुन् ।
उनले उद्घाटन गरेका पुलहरू यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आएका हुन् । पूर्वाधार विकास कार्यालय कास्कीका अनुसार रिभान खहरे खोलाको पुल २०७८ भदौमा निर्माण सकिएको हो । पामे पुल २०७८ असोजमा सकिएको हो । यस्तै फिर्के खोला पुल २०७८ पुस, ढल्केपुल–झौरीखेत पुल २०७८ चैतमा बनिसकेका थिए । भने, खहरेखोला पुल यही वर्षको वैशाखमा सकिएको हो ।
गण्डकीमा माओवादी केन्द्रले समर्थन छोडेपछि अल्पमतमा परेको सरकारका मुख्यमन्त्री खगराज अधिकारी पछिल्लो समय निकै व्यस्त हुन थालेका हुन् । उनको कार्यकाल अब बढीमा १० दिन छ । चैत १० गते माओवादीले समर्थन फिर्ता लिएपछि वैशाख १० गतेभित्र उनले विश्वासको मत लिनुपर्छ । मत नपाए उनको सरकार स्वतः ढल्छ । प्रदेश सभाको प्रमुख दल मध्येको माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले विश्वासको मत पाउने कुनै सम्भावना न्यून प्राय: छ । यो अवस्थामा रकमान्तर गरी नयाँ योजना थप्ने र आफ्नो क्षेत्रका योजनालाई बहुवर्षेमा लैजान मुख्यमन्त्री र उनका मन्त्रीहरू तल्लीन छन् ।
कार्यकालको उत्तरार्द्ध भएर अधिकारीले जतिसक्दो धेरै योजनाहरूमा आफ्नो नाम र उपस्थिति देखाउन चाहेको देखिन्छ । सोही कारण उनी उद्घाटनमा व्यस्त छन् । पुल उद्घाटनमा बोल्दै मुख्यमन्त्री अधिकारीले प्रदेश संरचनाविरुद्ध उठ्ने आवाजलाई मत्थर पार्न आफू सक्रिय भएको बताए । ‘प्रदेश चाहिँदैन भनेर बेला बेलामा आवाजहरू उठेकै छन् । यसले देखायो नि प्रदेश चाहिन्छ की चाहिँदैन भनेर,’ उनले भने, ‘केन्द्र सरकारसँग त धेरै अघिदेखि कराएको करायै छौं नि हामी । तर, केन्द्रले सबै ठाउँमा आँखा पुर्याउन त सक्दो रहेन छ ।’
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_tv8Q8f0IPE_tfwtuxsvykcb3u604fsxvuy4armamjwghblh2kb8ypl6dvtargrwrvvmdc4n.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया