युवालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउन ढिला गर्नुहुन्न : डा. कोइराला

काठमाडौँ- नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउन ढिला भएको बताएका छन् ।
नयाँ वर्ष २०८० को शुभकामना दिँदै कोइरालाले बढ्दो बेरोजगारीलाई सम्बाेधन गर्न युवालाई राष्ट्र निर्माणमा सहभागी गराउनुपर्ने बताएका हुन् । उनले भनेका छन्, 'हाम्रा सामु चुनौतीहरू पनि चानचुने छैनन् । बढ्दो बेरोजगारीलाई सम्बाेधन गरी युवाको पाखुरा, ज्ञान र क्षमतालाई राष्ट्र निर्माणको महाअभियानमा सरिक गराउन अब ढिलो गर्ने छुट हामीलाई छैन ।'
उनले भ्रष्टाचार, कुशासन र महंगी अनियन्त्रित भएको समेत बताएका छन् । राजनीतिक दल र तिनका नेताप्रति आम नागरिकको भरोसा र विश्वास माथि प्रश्न उठेको बताए । उनले भने, 'भ्रष्टाचार, कुशासन र महंगी अनियन्त्रित भएको छ । राजनीतिक दल र तिनका नेताप्रति आम नागरिकको भरोसा र विश्वास माथि प्रश्न उठिरहेको तीतो यथार्थ अब हामी कसैबाट लुकेको छैन । अब पनि शासन, प्रशासन र राजनीतिक दलहरू नागरिकमैत्री हुन ढिलो भए सात दशक लगाएर जारी गरिएको नेपालको संविधान प्राप्तिको रटानले मात्र नागरिकको चित्त बुझाउन सकिन्न ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया