आजदेखि हरेक शुक्रबार माओवादी कार्यकर्ताले प्रधानमन्त्री र मन्त्रीलाई पेरिसडाँडामा भेट्न पाउने

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीका मन्त्रीहरूले आजदेखि पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् । पार्टीका कार्यकर्ता र जनता सबैलाई हप्तामा एक दिन (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने यसअघि निर्णय भएको थियो ।
२०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्री र माओवादीका मन्त्रीहरूले कार्यकर्तासँग पार्टी कार्यालयमा छलफल गर्नेछन् । त्यसका लागि साँझ ४ बजेदेखि ६ बजेसम्मको समय छुट्याइएको छ ।
कार्यकर्ताले प्रधानमन्त्री र मन्त्रीलाई सजिलै भेट्न पाउन् भनेर पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरिएको माओवादीले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया