बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

युरोपा लिगः युनाइटेड र सेभिल्लाको बराबरी

काठमाडौँ- युरोपा लिग फुटबलको क्वार्टरफाइनलअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब सेभिल्लासँग बराबरी खेलेको छ । बिहीबार राति भएको पहिलो लेगमा युनाइटेड र सेभिल्लाले २-२ गोलको बराबरी खेलेका हुन् ।

युनाइटेडका लागि दुबै गोल मार्सेल साविट्जरले गरे । सेभिल्लाले भने युनाइटेडका टायरेल मालासियाले आत्मघाती गोल गरेपछि एक गोल उपहार पायो भने ह्यारी मागुइरेले एक गोल थपे ।

मार्सेलले १४ औँ तथा २१ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई २ गोलको अग्रता दिलाएपनि टायरेलले ८४ औँ मिनेटमा आत्मघाती गोल गरे । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा सेभिल्लाका ह्यारीले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।