गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

पोखरा : गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका सचिव हरि बास्तोलाले जानकारी दिए ।
‘सरकारको सिफारिसमा प्रदेश प्रमुखज्यूले अधिवेशन अन्त्य गर्नुभएको हो,’ बास्तोलाले भने । उनका अनुसार अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुखको कार्यालयले सोमबार प्रदेश सभा सचिवालयमा पठाएको छ ।
आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विशेष अधिवेशनको औचित्य सकिएको थियो । वैशाख २ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए । सोही दिन सरकारले सातौं अधिवेशन हठात अन्त्य गरेपछि विपक्षी मोर्चाले अविश्वास दर्ता गरेर छलफल गर्नुपर्ने भन्दै विशेष अधिवेशन माग गरेका थिए ।
पूर्वप्रदेश प्रमुख अमिक शेरचनले ६ वैशाखमा १३ गतेबाट प्रदेश सभाको विशेष अधिवेशन चलाउन आह्वान गरेका थिए । १३ वैशाखबाट चलेको विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथि मतदान नै नभई मुख्यमन्त्रीले राजीनामा दिएपछि अधिवेशन अन्त्य भएको हो ।
यता राष्ट्रिय जनमोर्चाले आइतबार नै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिएको समर्थन फिर्ता लिएको छ । ३ सांसद भएको दलले आइतबार समर्थन फिर्ताको पत्र संसद सचिवालयमा दर्ता गराएको प्रदेश सभा सचिव हरिराज पोखरेलले बताए ।

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रतिक्रिया