अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा पक्राउ

धनुषा : पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-९ डेरा गरी बस्ने सिरहा शुखिपुर नगरपालिका-२ घर भएका बिनिता सर्जिकल स्टोरका सञचालक ३० वर्षीय भुपनरायण साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानरगपालिका-९ बाह्र बिघास्थित उक्त स्टोरबाट १ हजार ७ सय रुपैयाँ पर्ने पल्स अक्सिमिटर २ हजार ५ सय देखि ३ हजार रुपैयाँ सम्ममा बिक्री गरी कालोबजारी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो । साथै उक्त स्टोरबाट २८ थान पल्स अक्सिमिटर समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया