शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

एनएमबि बैंकले गर्‍याे ‘सजिलो क्यू आर कर्जा’को सुरुआत

काठमाडौं– एनएमबि बैंकले नयाँ वर्ष २०८० को उपलक्ष्यमा नयाँ वर्ष, नयाँ धमाका नारासहित एनएमबि सजिलो क्यू आर कर्जाको शुरुवात गरेको छ । नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै यस बैंकले सर्वसाधारणसम्म वित्तीय पहुंचमा पुर्याउन यस्तो सेवाको सुरुआत गरेको हो । 
 

आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित आन्तरिक प्रविधिको विकास गरी बैंकका क्यू आरप्रणालीमा आवद्ध साना, मझौला तथा घरेलु उद्यमको आकश्मिक वित्तीय आवश्यक्तालाई ध्यानमा राखी रु. २ लाख सम्मको एनएमबि सजिलो क्यू आर कर्जा प्रदान गरिनेछ । 

विद्युतीय कर्जा प्रणालीको विस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उदेश्यका साथ शुरु गरिएको बैंकले जनाएको छ । यस कर्जाबाट ग्राहकहरुको ब्यवसायलाई आवश्यक आकस्मिक वित्तीय आवश्यकता पूरा गर्न मद्धत पुग्न गई ब्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै बैंकले प्राथमिकतामा राखेको डिजिटाईजेशनको लक्ष्य प्राप्तिमा कोशेढुंङ्गा सावित हुने बिश्वास बैंकले लिएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।