रोड थ्रिलर ‘बाटो’को फष्टलुक सार्वजनिक

काठमाडौंँ - रोड थ्रिलर फिल्म ‘बाटो’ को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युुनिटले नयाँ बर्षको अवसर पारेर फिल्मको एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । फष्टलुकको मोसन फोष्टर समेत तयार गरिएको छ ।
फिल्मकी एक महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोष्टरले फिल्म प्रति दर्शकको उत्सुकता जगाउन सफल छ । कमर्सियल साउथ स्टाइलिस फिल्मको झल्को दिने यो फिल्म काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको हो ।
फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा चर्चित ब्यक्तित्व हुन् ।
फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ । फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झाँ काठमाडौं फिल्मका फाउन्डर समेत हुन् ।
काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको पोष्टप्रोडक्सन मुम्बईमा भइरहेको छ । निर्माण युनिटको फिल्म बिसं २०८० भित्रमा रिलिज गर्ने योजना बनाएको छ । नेपाली सहित हिन्दी, तेलूगु, मलयालम र अंग्रेजी गरेर पाँच भाषामा फिल्म तयार हुने निर्माता चन्दन झाले बताए ।
फिल्मको ट्रेलर छिट्टै ल्याउने तयारी निर्माण युनिटको छ । फिल्मको ट्रेलर नेपाली, हिन्दी र तमिल गरेर तीन भाषामा आउनेछ । फिल्म डब्बी एटमस साउन्डमा तयार हुनेछ । नेपालमा पहिलो पटक डब्बी एटमस साउन्ड सिष्टममा फिल्म तयार हुन लागेको हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया