टेलिभिजन सिरिजको रुपमा फेरि बन्दै ‘द ह्यारी पोटर’

लसएन्जल्स - लेखिका जेके रोलिङको विश्वकै चर्चित पुस्तक ‘द ह्यारी पोटर’ टेलिभिजन सिरिजको रुपमा दर्शक माझ आउने भएको छ । आगामी एक दशकमा निर्माण गरिने यो सिरिजको प्रत्येक सिजन सात पुस्तकमध्ये एकमा आधारित हुनेछ ।
पुस्तक ‘द ह्यारी पोटर’ विश्वभर सर्वाधिक बिक्री भएका पुस्तकमा पर्दछ । पुस्तक विश्वव्यापी रुपमा ६ सय मिलियन प्रति बिक्री भएको थियो । यो पुस्तकमा आधारि रहेर फिल्म पनि बनिसकेको छ । जसमा अभिनेता डेनियल रेडक्लिफले हेरी पोटरको चरित्र निर्वाह गरेका छन् ।
‘सिरिजले नयाँ कलाकार र नयाँ पुस्ताको फ्यानडमलाई फिचर गर्नेछ । सिरिजमा आकर्षक विवरण, रुचाइएका कलाकार र नाटकीय लोकेसन हुनेछन् । ह्यारी पोटरका फ्यानले २५ वर्षदेखि मनपराइरहेको विषयलाई सिरिजमा राखिनेछ’ वार्नर ब्रोस डिस्कभरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लेखिका रोलिङलाई कार्यकारी निर्माता दिइने सिरिजका प्रत्येक सिजनले पुस्तकको आधिकारिक कथालाई प्रस्तुत गर्नेछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया