‘केजीएफ ३’ बनाउने निर्माण कम्पनीको घोषणा

मुम्बई - ‘केजीएफ २’ प्रदर्शन भएको ठीक एक वर्षपछि निर्माण कम्पनी होमबेल फिल्मस्ले ‘केजीएफ ३’ बनाउने संकेत गरेको छ । निर्माण कम्पनीले शनिबार सामाजिक सञ्जालमा भिडियो रिलिज गर्दै यसको संकेत गरेको छ । निर्माण कम्पनीले जारी गरेको भिडियोमा तीन अंक देखाइएको छ ।
तेस्रो भागले रकीको सन् १९७८ देखि १९८१ सम्मको जीवन यात्रा देखाउने बताइएको छ । यो कुराको संकेत दुईमा नै गरिएको थियो । कन्नड अभिनेता यशको मुख्य भूमिका रहेको फिल्ममा सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि सेठ्ठीको पनि अभिनय रहेको थियो ।
तेस्रो भागमा यी कलाकारसँगै नयाँ कलाकारको पनि प्रवेश हुने चर्चा छ । तर निर्माण टिमले यो विषयमा मुख खोलेको छैन । यसका लेखक तथा निर्देशक प्रशान्त निल प्रभासलाई लिएर ‘सलार’ बनाइरहेका छन् । यो फिल्मको रिलिजपछि ‘केजीएफ ३’को सुटिङ हुनेछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया