रवि लामिछानेलाई विदेशबाट सञ्चालित मान्छेको संज्ञा दिँदै केसीले भने : त्यस्तालाई भगवान मान्नु दुर्भाग्य

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सेटिङबाट चलिरहेको आरोप लगाएका छन् ।
जनमोर्चाले शनिबार काठमाडौँमा आयोजना गरेको नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा केसीले नागरिकता नभएकै व्यक्तिलाई निर्वाचन लड्न लडाउने र उपप्रधानमन्त्री बनाउने काम भएकाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सेटिङबाट चलिरहेको पुष्टि भएको बताएका हुन् ।
उनले अहिले मुलुकको राष्ट्रियतामाथि नै विषम परिस्थिति आउँदा राष्ट्रिय जनमोर्चा मात्रै लडिरहेको जिकिर गरे । केसीले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विदेशबाट सञ्चालित मान्छेको संज्ञा दिँदै चितवनमा त्यस्ता मान्छेलाई भगवान मान्नु दुर्भाग्य भएको धारणा राखे ।
लोकतन्त्र गणतन्त्र ल्याउनेहरूले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उनको भनाइ छ । केसीले पुराना दलका नेताहरूले राष्ट्रियतामाथि नै सौदाबाजी गरेका कारण बाध्य भएर विकल्प खोज्न बाध्य भएको उल्लेख गरे ।
उनले संघीयताको विरोध गरेकै कारण जनमोर्चालाई आखाको कसिंगर बनाइएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया