कानुनहरू बालमैत्री हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले कानुनहरू बालमैत्री हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९ माथि बालबालिकाहरूको नेतृत्वमा तयार गरिने प्रतिवेदन २०२३ सम्बन्धी बालबालिकासँगको राष्ट्रिय कार्यशाला गोष्ठीको शनिबार राजधानीमा उद्घाटन गर्दै यो विषयम जोड दिएका हुन् ।
सभामुख घिमिरेले देशको कानुन बनाउने संस्था संसद्को आफू सभामुख भएकाले यो विषयमा आफू सचेत रहेको बताए । 'कुनै पनि कानुन बनाउँदा भोलिका कर्णधार बालबालिकाहरूको भविष्यसँग जोडेर हेर्नुपर्छ,' उनले भने ।
कार्यशालामा नेपालका बालबालिकाहरूको अवस्था, समस्या र सुधार गर्नुपर्ने कामहरूबारेको प्रतिवेदन तयार पारिने छ । तयार प्रतिवेदन संयुक्त राष्ट्र संंघलाई बुझाइने जनाइएको छ । बाल सहभागितामा कार्यरत संस्थाहरूको साझा समूह (कन्सोर्टियम-नेपाल) प्रगतिनगर शंखमुल काठमाडौँले बालबालिकाहरूबाटै प्रतिवेदन तयार पार्न लगाइ बुझाउने भएको कार्यक्रममा बताइएकाे छ ।
यसका लागि देशभरका बालबालिकाहरू राजधानीमा भेला भई प्रतिवेदन कार्यशालामा तयार गर्दै छन् । प्रत्येक प्रदेशबाट न्यूनतम दुई-दुई जना गरी सातै प्रदेश र उपत्यकाका बालबालिकाहरू मिलेर प्रतिवेदन तयारीको कामहरू भइरहेको छ ।
कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दंगालले आइतरभित्र प्रतिवेदन तयार भइसक्ने जनाए । 'यसपछि बालबालिकाहरूबाटै तयार भएको प्रतिवेदन हामीले राष्टसँंघलाई बुझाउने हो,' उनले भने । कन्सोर्टियम-नेपालका उपाध्यक्ष सन्तोष महर्जनले यसअघि हाल काठमाडौँमा बसेर प्रतिवेदन बनाइरहेका बालबालिकाहरू आआफ्नो प्रदेशमा बनेको प्रतिवेदन बुझेर काठमाडौं आएको बताए । 'अहिले सातवटै प्रदेशका बालबालिकाहरूले लिएर आएको प्रतिवेदनलाई मिलाएर नयाँ प्रतिवेदन तयार हुन्छ,' उनले भने ।
संस्थाका महासचिव प्रदीपकुमार लामिछानेका अनुसार यसअघि ती बालबालिकाहरूले समुदाय स्तरमा पुगेर नेपाली बालबालिकाहरूको अवस्था समस्याबारे बुझेर प्रदेश स्तरमा प्रतिवेदन बनाएका थिए । प्रदेश स्तरमा प्रतिवेदन बनाएका ती बालबालिकाहरूकै प्रतिनिधित्व गरी अहिले एउटा प्रदेशबाट घटीमा दुई जना बालबालिकाहरू प्रतिवेदन लिएर काठमाडौँ आएका हुन् ।
यस्तो प्रतिवेदन पहिलो पटक सन् २०१४ मा पनि बुझाइएको कार्यक्रममा जनाइयो । शुक्रबारदेखि सुरु भएको तीनदिने कार्यशाला आइतबार सम्पन्न हुने जनाइएको छ ।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : स…

तीन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

तीन संसदीय समितिको बैठक बस्दै

संसदीय समितिमा पानी जहाज विधेयकबारे छलफल हुने

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री लेखक जाने

प्रतिक्रिया