उपप्रमुख रिजाल चीन प्रस्थान

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आज चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गरेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित ‘वर्कसप फर थ्योरिटिकल लिडर अफ वर्ल्ड कम्युनिस्ट पार्टीज’ नामक कार्यक्रममा नेकपा एमालेका तर्फबाट भाग लिन उनी त्यसतर्फ गएका हुन् ।
कार्यशालामा एसिया, युरोप लगायतका विभिन्न देशका २४ वटा कम्युनिस्ट पार्टीका नेताहरूले ‘विचारधाराको स्थानीयकरण तथा आधुनिकीकरण’ (लोकलाइजेसन एन्ड मोडर्नाइजेसन अफ थ्योरी) विषयमा आ–आफ्ना पार्टीहरूले अंगालेको सिद्धान्त तथा त्यसको प्रयोगका बारेमा धारणा राख्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको रिजालले जानकारी दिए ।
नेकपा एमालेका तर्फबाट नेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद, त्यसको प्रयोग र विश्वव्यापी प्रभावका बारेमा अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ । भोलिबाट सुरु हुने सो कार्यशाला १५ दिनसम्म सन्चालन हुने कार्यक्रम छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया