हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीको जित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टरलाई ३-१ ले पराजित गर्यो ।
म्यानचेस्टर सिटीलाई जित दिलाउन नर्वेजियन स्ट्राइकर अर्लिङ हालान्डले दुई गोल गर्दा जोन स्टोन्सले एक गोल गरे । केलेची इहेनाचोले लेस्टरका लागि एक गोल फर्काए ।
२२ वर्षीय हालान्डले प्रिमियर लिगको एकै सिजनमा ३२ गोल गरिसकेका छन् ।
विभिन्न प्रतियोगितामा गरी पछिल्ला १० खेलमा लगातार जित निकालेको म्यानचेस्टर सिटीले लिगमा शीर्ष स्थानको आर्सनलसँगको दूरी ३ अंकमा झारेको छ । समान ३० खेलबाट आर्सनलले ७३ अंक जोड्दा म्यानचेस्टर सिटीको ७० अंक छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया