सिमानामा काँडेतार लगाउन प्रेरित गर्दै 'काँडेतार'काे शीर्ष गीत

काठमाडौँ- सीमामा काँडेतार लगाउनु पर्ने अभियानकाे नेतृत्व गर्दै आएका कलाकार नवल खड्काले साेही विषय समेटेर फिल्म निर्माण गरेका छन् । ‘काँडेतार’ शीर्षकमा बनेको फिल्मले यही भाव समेटेको पहिलो गीत सार्वजनिक गरेकाे छ । को शीर्ष गीत सार्वजनिक भएको छ । शनिबार इन्टरनेटमार्फत सार्वजनिक गरिएको ‘काँडेतार’ बोलको गीतमा नवल खड्का, सुरविना कार्की, गौरव पहारी लगायतका कलाकारको अभिनय रहेको छ । नयाँ वर्षको अवसरमा सार्वजनिक गीतले राष्ट्रिय हितको पक्षमा उभिन आह्वान समेत गर्छ ।
गीतमा गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बू, पुष्पा श्रेष्ठ, रवि शाह समेत फिचर्ड छन् । गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर छ भने संगीत मणि थापाले दिएका छन् ।
शब्द रचना मिलन कान्छा किराँतीको हो । फिल्मको कथा अभिनेता तथा निर्माता समेत रहेका खड्काले लेखेका हुन् । कार्यकारी निर्मातामा गायिका समेत रहेकी सत्यकला राई छिन् । माकिको राई र अन्जु केसी निर्माताको रुपमा रहेका छन् । प्रदर्शन मिति तय भइनसकेको फिल्मलाई नवल खड्काले निर्देशन गरेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया