‘राधा’को बाटोमा ‘बुलाकी’, हलको विभेदमा परेको भन्दै उतारियो फिल्म

काठमाडौँ - यही सालको भदौ १० मा रिलिज भएको फिल्म ‘राधा’ले हलबाट साथ नपाएको भन्दै रिलिज भएको तेस्रो दिन फिल्म हलबाट उतार्ने निर्णय गरेको थियो । यही नजिर पछ्याउँदै लक्ष्मण सुनार निर्देशित फिल्म ‘बुलाकी’ले पनि आइतबारबाट फिल्म नचलाउने निर्णय गरेको छ । निर्माताले सामाजिक सञ्जालमा हलले विभेद गरेको भन्दै नचलाउने निर्णय गरेको उल्लेख गरेका छन् । आइतबारबाट फिल्मको सो ७० प्रतिशत घटेको छ ।
निर्माताले फिल्म नचलाउने निर्णय गरे पनि वितरकका तर्फबाट हललाई फिल्म उतार्न परिपत्र नगई सकेकाले हलमा अहिले पनि ‘बुलाकी’ यथावत छ । काठमाडौँका लगभग सबै मल्टिप्लेक्समा ‘बुलाकी’ एक दुई सोसहित चलिरहेको छ । ‘जारी’ र ‘बिहे पास’सँग एकै दिन रिलिज भएको फिल्मले कर्णाली प्रदेशमा रहेको जारी प्रथाको कथा प्रस्तुत गर्छ । नरेन खड्का र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया