पाइरेसी भएको भन्दै साइबर ब्युरोमा ‘जारी’ निर्माताको उजुरी

काठमाडौँ - ‘जारी’का कार्यकारी निर्माता मणिराम पोखरेलले भोटाहिटीको साइबर ब्युरोमा अनुसन्धानका लागि उजुरी दिएका छन् । उनले प्रहरी प्रधान कार्यलयको साइबर ब्युरोमा उजुरी दिँदै वैशाख १ गतेबाट प्रदर्शन भएको फिल्म सामाजिक सञ्जालका विभिन्न माध्यममा सार्वजनिक भएको र यसले निर्मातालाई लाखौँको आर्थिक क्षति भएको भन्दै उजुरी दिएका हुन् ।
निर्माता पोखरेलले अनुसन्धान गरी कारबाही गरी पाऊँ भन्दै उजुरी दिएका हुन् । वर्षको पहिलो दिनदेखि प्रदर्शनमा आएको फिल्म टिकटक, फेसबुक, इन्स्टा, युट्युब चारैतिर उपलब्ध छ । यसअघि पनि दर्शकले रुचाएका फिल्म यसैगरी टिकटकमा सार्वजनिक हुने गरेका थिए ।
यसले निर्माताको लाखौँ रुपैँयाँ क्षति भएको भन्दै गुनासो आउने गरेको थियो । केही दिनअघि ‘छक्का पञ्जा ४’ पनि यसरी नै पाइरेसी भएको थियो । पाइरेसी नियन्त्रणमा हलले तदारुकता देखाउने गरेको छैन । पाइरेसी हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि हलले चासो लिएको छैन ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया