१२ घण्टामा प्रदेश १ मा १० जनाको मृत्यु

विराटनगर : पछिल्लो १२ घण्टामा विराटनगरका एक उद्योगीसहित प्रदेश १ मा १० जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मोरङ व्यापार संघका कार्यसमिति सदस्यसमेत रहेका विराटनगरका उद्योगी सुनिल टिवडेवालको विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । ४५ वर्षीय टिवडेवाल कोरोना संक्रमणपछि विराट मेडिकल कलेजमा उपचाररत थिए । टिवडेवाल हाइटेक र एसटी फेब्रिक्स कार्पेट उद्याेगका सञ्चालक हुन् ।
यसैगरी पुस्तक व्यवसायी बिष्णु खतिवडाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको आइतबार बेलुका ७ बजे उपचारकै क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । विराटनगर-८ निवासी ५६ वर्षीय खतिवडालाई विराटनगरस्थित नोबेल मेडिकल कलेजमा बैशाख १० गते पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि धरान लगिएकोमा उपचारकै क्रममा निधन भएको जनाइएको छ ।
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुरुष तीन, मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा दुई पुरुष र एक महिला गरी तीन, विराटनगरकै नोबेल शिक्षण अस्पतालमा एक महिला र एक पुरुष गरी दुईजना, विराट अस्पतालमा एकजना र न्यूरो अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ ।
वीपी प्रतिष्ठानको आइसोलेसनमा उपचाररत झापाको विर्तामोड-५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । चार दिनअघि कोरोना पुष्टि भएपछि उपचार गराइरहेका उनको सोमबार बिहान करीब १२ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोखरेलले बताए । सुनसरीको इटहरी-२ का ५८ वर्षीय पुरुषको आइतबार बेलुका १० बजे प्रतिष्ठानकै आइसोलेसनमा मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीकै बराहक्षेत्र-११ की ३५ वर्षीया महिलाको सोमबार विहान करीव ५ बजे मृत्यु भएको जनाइएको छ । मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार तीन दिनअघि उपचारका लागि कोभिड आइसोलेसनमा भर्ना गरिएको थियो ।
यता विराटनगर-११ का ४६ वर्षीय पुरुषको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको छ । सात दिनअघि भर्ना गरिएका ती पुरुषको उपचारका क्रममा मृत्यु भएको विराट मेडिकल कलेज कोभिड अस्पतालका इन्चार्ज सुनिल देवले बताए । विराटनगर-१३ की ७८ वर्षीया महिलाको पनि मृत्यु भएको छ । सोमबार बिहान सवा ५ बजेतिर उनको मृत्यु भएको जनाइएको छ । सुनसरीको दुहवी–११ का ३८ वर्षीय पुरुषको सोमबार विहान साढे ५ बजेतिर मृत्यु भएको छ । विराटनगरको न्यूरो अस्पतालमा विराटनगर महानगरपालिका–११ की ६७ वर्षीया महिलाको बिहान सोमबार बिहान मृत्यु भएको छ । त्यस्तै नोबेलमा सिरहाको भवानीपुर-४ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

प्रतिक्रिया