सरकारसँग संसद् चलाउने योजना नै छैन : नेता भट्टराई
काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकारसँग संसद् चलाउने योजना नै नरहेको आरोप लगाएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसद्लाई सरकारले बिजनेश दिने भए पनि अहिलेको सरकारसँग संसद् चलाउने योजना नै नरहेको आरोप लगाएका हुन् ।
उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई पनि सदनमा नल्याइ बाहिरैबाहिरैबाट टुङ्ग्याउन खोजिएको बताए । शान्ति प्रक्रिया प्रचण्डको मागिखाने भाँडो मात्रै भएको भन्दै उनले सरकारमा गएपछि यसलाई प्रचण्डले प्राथमिकता दिन नसकेको जिकिर गरे ।
भट्टराईले विभिन्न ऐनहरू अघि बढ्न नसक्दा प्रशासनिक संयन्त्रलाई अप्ठेरो अवस्थामा परेको र सरकार उत्तरदायी नदेखिएको धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया