वर्षा नहुनु र डढेलो लाग्नु प्रदूषणको मुख्य कारण : वातावरण विभाग

काठमाडौँ- वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको बताएको छ । वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदूषणको मात्रा बढेको बताएका हुन् ।
पानी नपर्दा र हावा वहन नसक्दा प्रदूषण एकै ठाउँमा थुप्रिएको उनकाे भनाइ छ । उनले स्याटलाइट इमेज हेर्दा काठमाडौँ उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको बताए ।
बारा, पर्सा र चितवनबाट बागमती करिडोर हुँदै काठमाडौँमा आएको हावा अन्यत्र वहन नसक्दा काठमाडौँ उपत्यकामा प्रदूषणको मात्रा बढेको उनले उल्लेख गरे । उनले काठमाडौँ प्रदूषणको पहिलो नम्बरमा पर्यो जस्ता समाचारहरू सञ्चार माध्यममा आइरहेको तर त्यसले ठूलो फरक नपार्ने बताए । उनले प्रदूषणको पहिलो, दोस्रो नम्बरमा पर्यो भन्ने कुरा प्रचारबाजीको विषयवस्तुमात्रै भएको जिकिर गरे ।
प्रवक्ता पौडेलले प्रदूषणको मात्रा बढेकाले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, थप सतर्कता अपनाउनुपर्ने र सकेसम्म घरबाहिर निस्किन नहुने बताए ।

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

पर्याप्त वर्षा नहुँदा काठमाडौंको आकाश खुलेन

प्रतिक्रिया