कालीकोटमा यसवर्ष समयमै पुग्यो पाठ्यपुस्तक

कालीकोट - कालीकोटमा चालु शैक्षिक सत्रको सुरुआतमा नै सामुदायिक विद्यालयमा पाठ्पुस्तक पुगेका छन् । विगतका वर्षमा समयमै पाठ्यपुस्तक नपुग्ने यस जिल्लामा चालु शैक्षिक सत्रको पहिलो हप्तामा नै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका हुन् ।
चालु शैक्षिक सत्रको पहिलो सुरुआतमै सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका हुन् । अघिल्ला वर्षमा जनक शिक्षा सामग्री केन्द्रले समयमा किताब नदिएका कारणले जहिले पनि पुस्तकको अभाव हुने गरेको थियो । यस पटक समयमै पाठ्यपुस्तक पुगेको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए ।
'पाठ्यपुस्तक खरिद गर्ने रकम गाउँपालिकाको खातामा जम्मा भइसकेको छ', उनले भने, 'पालिकाले विद्यालयको खातामा पैसा पठाइसकेको छ । विद्यालयहरूले पुस्तक खरिद गरिसकेका छन् ।' समयमा नै जिल्लामा पाठ्यपुस्तक आएकाले वितरणको काम थालिएको खाँडा चक्र नगरपालिका मान्म बजारमा सञ्चालित विनोद बुक सेन्टरका वितरक नन्दबहादुर शाहीले बताए ।
विगतका वर्षमा विद्यालयमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक विना नै पढाउनुपर्ने बाध्यता रहेको तर अहिले त्यो समस्या हल भएको नरहरिनाथ गाउँपालिका–९ लालु जनप्रभात माध्यमिक विद्यालयमा प्रधानध्यापक निर्मलकुमार विष्टले जानकारी दिए । 'हामीले विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक दिने गरेका छौँ', उनले भने, 'नयाँ वर्षको दुई दिन बिदा भएकाले आजदेखि विद्यालयमा भर्ना खुला गरेका छौँ । भर्ना हुने विद्यार्थीलाई पाठ्यपुस्तक पनि सँगै दिने गरेका छौँ ।'
रासस

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

प्रतिक्रिया