आर्सनलले बराबरी खेल्दा सिटीलाई फाइदा

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शीर्ष स्थानको आर्सनलले वेस्टहम युनाइटेडसँग बराबरी खेल्दा साविक विजेता म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ ।
आइतबार आर्सनलले वेस्टहमसँग २-२ गोलको बराबरी खेलेको थियो । गाब्रियल जेससले सातौ मिनेट तथा मार्टिन ओडेगार्डले १० औँ मिनेटमा गोल गर्दै आर्सनललाई २ गोलको अग्रता दिलाएका थिए । तर वेस्टहमका साइद बेनराहमले ३३ औँ मिनेटमा पेनाल्टीबाट तथा जारोड बावेनले ५४ औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।
बराबरीसँगै आर्सनलले ३१ खेलबाट ७४ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको भने ३० खेलमा ७० अंक छ । एक खेल बढी खेलेको आर्सनल सिटी भन्दा ४ अंकले माथि छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया