बार्सिलोनाले बराबरी खेल्दा एटलेटिको मड्रिड विजयी

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत शीर्ष स्थानको बार्सिलोनाले गेटाफेसँग बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेसँग गोलरहित बराबरी खेलेको हो ।
बार्सिलोनाले पछिल्ला तीन खेलमा लगातार गोल गर्न असफल छ । तर पनि बराबरीसँगै बार्सिलोनाले २९ खेलबाट ७३ अंक जोडेको छ । दोस्रो स्थानको रियल मड्रिडको समान खेलमा ६२ अंक छ ।
अन्य खेलमा भने एटेलिको मड्रिडले अल्मेरियालाई २-१, गिरोनाले इल्चेलाई २-० तथा सेभिल्लाले भ्यालेन्सियालाई २-० ले पराजित गर्यो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया