प्रकाश सपुतको ‘सकम्बरी’मा किन भइरहेको छ विवाद ?

काठमाडौँ - प्रकाश सपुत र उनका सिर्जना विवादका पर्याय जस्तै भएका छन् । कहिले उनलाई गीत चोरीको आरोप लाग्ने गरेको छ त कहिले समाजको गलत चित्रणको । दोहोरीमा र्याप हान्ने दोहोरी ब्याटलबाट धेरैको नजरमा परेका उनलाई ‘बोलमाया’बोलको गीतले चर्चाको शिखरमा पुर्याएको थियो । यसपछि भने उनले जुन गीत छोए तिनले संगीतप्रेमीको मन झङ्कृत भयो । ‘गलबन्दी च्यातियो’, ‘फुटेको चुरा’ ‘बदला बरि लै’, ‘कुरा बुझ्न पर्छ’ र ‘पिर’ यस्ता गीत थिए जसले करोडौँ दर्शक पाए । तर यी गीतका भिडियो भने कहिलै पनि विवादरहित रहेनन् ।
‘गलबन्दी’को लयमा अर्का लोक गायक शम्भु राईले दाबी गरेपछि प्रकाश सपुत संगीत सिर्जनामा शम्भु राईको नाम राख्न बाध्य भएका थिए । शम्भु राईले ‘गलबन्दी’ गीत आफ्नो स्वर संगीत रहेको ‘देउसी भैलो’गीतबाट चोरी भएको आरोप लगाएका थिए । यसपछि ‘कुरा बुझ्न पर्छ’को भिडियोमा देखाएका केही दृश्य पनि विवादरहित थिएनन् । यसमा पनि महिला सशक्तिकरणका कुरा उठाउँदा उठाउँदै पनि केही दृश्य बिझाउने थिए ।
अघिल्लो साल सार्वजनिक भएको ‘पिर’लाई लिएर त माओवादी कार्यकर्ताले ठूलै विरोध गरेका थिए । उनले माओवादी महिला क्रान्तिपछि जीवन निर्वाहका लागि वेश्यावृत्ति गर्न बाध्य भएको सामान्यीकरण गरेका थिए । तीन दिनअघि सार्वजनिक भएको ‘सकम्बरी’ पनि सार्वजनिक भएसँगै विवादको भूमरीमा परेको छ । यसमा महिलाको चरित्रलाई लिएर गलत भाष्य निर्माण गर्न खोजेको आरोप छ । गीतको भिडियोमा प्रकाश सपुतले महिला कलाकारले पुरुषसँग रात बिताएर मात्र सफलताको सिंढी चढ्न सक्छन् भन्ने आसय व्यक्त गरेका छन् । यही आसयलाई लिएर अहिले सामाजिक सञ्जालमा उनको आलोचना भएको छ ।
गीतको भिडियोमा प्रकाश सपुत स्वयंले महिलाको अस्मिता लुटेपछि तिमीले झुम्का कसरी पायौ ? पाउजु कसरी किन्यौ ? तिम्रो वैंशको आयु कति छ ? जस्ता प्रश्न सोधेका छन् । गीतको आलोचना गर्नेले आफू स्वयं शोषण गर्ने र उल्टै महिलालाई प्रश्न गर्ने भनेर सपुतको कला चेतमाथि प्रश्न उठाएका हुन् । ‘पिर’को समयमा पनि उनले विरोधपछि माओवादी शभुचिन्तकले आपत्तिजनक मानेका दृश्य सम्पादन गरेर फेरि भिडियो अपलोड गरेका थिए ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया