कर्णाली प्रदेश : मिल्याे भागबण्डा, कांग्रेस र माओवादीबाट कति-कति मन्त्री ?
बुधबारसम्ममा नयाँ मन्त्रीले शपथ लिने गरि प्रक्रिया बढ्याे अगाडि

सुर्खेत । कर्णालीमा मन्त्रिपरिषद् विस्तार गर्ने विषयलाई लिएर नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सहमति भएको छ । कांग्रेसले तीन मन्त्रालय सम्हाल्ने गरि छलफल भएको कर्णाली सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।
तीनवटा मन्त्रालयको नेतृत्व गरेको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तीन मन्त्रालय कांग्रेसले सम्हाल्ने सहमति भएको हो । ‘हाल तीनवटा मन्त्रालय कांग्रेसले नेतृत्व गर्ने सहमति भएको छ’ जिसीले भने, ‘तर, कुन कुन् मन्त्रालयको नेतृत्व गर्ने भन्ने सहमति भने हुन बाँकी नै छ ।’ कांग्रेसको कार्यसम्पादन समितिको बैठकपछि मन्त्रीहरुको लिस्ट दिएपछि मन्त्रालय विस्तारको काम अघि बढ्ने जिसीले बताए ।
कांग्रेसले मन्त्रीहरुको नाम दिएपछि सम्भवतः मंगलबार या बुधबारसम्ममा शपथ लिने गरि अगाडि बढेको जिसीले बताए ।
अहिलेलाई वर्तमान मुख्यमन्त्री राजकुमार शर्मा नै कायम रहने र अढाई वर्षपछि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने गरी सहमति भएको छ । हाल नेकपा एमालेले नेतृत्व गरेको सामाजिक विकास मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्रीविहीन छ ।

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

प्रतिक्रिया