‘हिरोका श्रीमतीले फिल्मबाट निकाले’

मुम्बई: अभिनेत्री तापसी पन्नुले करिअरको सुरुवातमा आफूले धेरै संघर्ष गर्नु परेको बताएकी छिन् । फिल्म फेयर पत्रिकासँग कुरा गर्दै उनले कतिपय फिल्मबाट आफूलाई हिरोले नै निकालेको पनि खुलासा गरेकी छिन् । ‘कतिपय फिल्मबाट हिरोले निकाले किनकि उनीहरूका श्रीमती म फिल्मको हिस्सा भएको उनीहरू रुचाउन्नथे,’ उनले कुराकानीमा भनेकी छिन् ।
तापसीले फिल्म उद्योगमा गडफादर नहुँदा पनि धेरै हन्डर ठक्कर खाएको बताएकी छिन् । ‘मेरा कोही गडफादर थिएनन् जसले मलाई कामको ग्यारेन्टी गर्न सक्थे । त्यसैले मैले जति हिट फिल्म दिउँ या फ्लप म सधैं बाहिरिया रहें । आज पनि म कसैको रिकमन्डेसनमा विस्थापित हुन्छु,’ उनले भनेकी छिन् ।
हिजोका दिनमा जेजस्तो दुःख गर्नु परे पनि आज तापसी भारतकी सफल अभिनेत्री मध्ये गनिन्छिन् । दक्षिण भारत र बलिउड दुवैतिर सक्रिय तापसीले ‘पिंक’, ‘थप्पड’, ‘बदला’ जस्ता फिल्मबाट आफूलाई उम्दा अभिनेत्री प्रमाणित गरेकी छिन् । तापसीले ‘चश्मे बद्दुर’बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

प्रतिक्रिया