मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

'प्रधानमन्त्रीज्यू राष्ट्रिय समस्या म कि तपाईं'

काठमाडौँ : माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय समस्या म कि तपाईं भनेर प्रश्न गरेका छन् । संसद्‍मा धारणा राख्दै दाहालले भने, 'राष्टिय समस्या म हो कि तपाईं हो ? बहस गर्न म तयार छु ।'

दाहालले देशमा संविधानमाथि संकट, राष्ट्रिय स्वाधिनतामाथि, लोकतान्त्रिक पद्दतिमा, कम्युनिष्ट आन्दोलनमा संकट कस्को कारणले आयो ? भन्‍ने छातिमा हात राखेर भन्‍न सक्नुहुन्छ भन्दै प्रश्न गरे । 'गठबन्धनको प्रस्ताव गर्ने म, तपाईंलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने म, अनि म राष्ट्रिय समस्या हो ? कि तपाईं,' दाहालले भने, 'तपाईँसँग जवाफ छैन । तथ्य छैन । तपाइँसँग आधिकारिक तथ्य नै छैन ।'
 
बामगठबन्धनको एकतापछि आफूहरूको सपना डे वान देखि नै तुहाउने काम ओलीले गरेको आरोप लगाए । पार्टी अध्यक्षको हैसियतले, पूर्वप्रधानमन्त्रीको हैसियतले पार्टीभित्र बहस गर्दा पार्टीको विषयलाई लिएर संसद् विघटन गर्ने काम ओलीले गरेको आरोप दाहालले लगाए ।