लगातार घटेको सेयर बजार फेरि बढ्यो
२७ अंकले बढेर नेप्से २६४५ बिन्दुमा

काठमाडौं : पछिल्लो समय लगातार ओरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से सोमबार बढेको छ । २७.४१ अंकले (१.०५ प्रतिशत) बढेर २६४५.८४ बिन्दुमा पुगेको हो ।
सामान्य अंकले बढ्दा कारोबारमा आएका सबै समूहका परिसूचक हरियो छन् । निर्जीवन बीमा र म्यानुफ्याक्चरिङ समूहको परिसूचकमा सबैभन्दा ठूलो उछाल देखिएको छ ।
राष्ट्रिय बीमा कम्पनी र कम्पनीको प्रोमोटर सेयर मूल्यमा उछाल आएपछि सर्किट ब्रेकर नै लाग्यो । समता लघुवित्त र रु रु जलविद्युत कम्पनीमा ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।
सेयर मूल्य बढे पनि कारोबार रकममा कमी आएको छ । चार अर्ब २० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ५१ हजार २ सय ३५ पटकको कारोबारमा ७५ लाख ७९ हजार कित्ता सेयर किनबेच भएको छ ।
अत्यधिक कारोबार हुनुमध्ये नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार उच्च छ । २७ करोड रुपैयाँ बराबर कम्पनीको सेयर कारोबार भएको छ ।

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया