दाहालको प्रश्न : ...प्रधानमन्त्रीजी छातिमा हात राखेर भन्न सक्नुहुन्छ ?
'बाम गठबन्धनलाई 'डे वान'देखि नै तुहाउने काम गर्नुभयो'

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बाम गठबन्धनलाई 'डे वान'देखि नै तुहाउन खोजेको आरोप लगाएका छन् । सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै दाहालले यस्तो बताएका हुन् ।
'बाम गठबन्धनको एकतापछि हाम्रो सपना डे वान देखि नै तपाईले तुहाउने काम गर्नुभयो, पार्टी अध्यक्षको हैसियतले, पूर्वप्रधानमन्त्रीको हैसियतले पार्टीभित्र बहस गरेँ तर तपाईले पार्टीको विषयलाई लिएर संसद विघटन गर्ने ?', उनले भने,'देशको संविधानमाथि संकट, राष्ट्रिय स्वाधिनतामाथि, लोकतान्त्रिक पद्दतिमा, कम्युनिस्ट आन्दोलनमा संकट कसको कारणले आयो ? प्रधानमन्त्रीजी छातिमा हात राखेर भन्न सक्नुहुन्छ ? राष्ट्रिय समस्या म हो कि तपाई हो ? बहस गर्न म तयार छु ।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया