म रेशम चौधरीलाई संसद्मा हेर्न चाहन्छु : महन्थ ठाकुर
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्ष र विपक्ष कतै पनि आफू नरहेको बताएका छन् । प्रतिनिधि सभाको विशेष अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘म यो प्रस्तावको प्रस्तावको पक्षमा पनि छैन । विपक्षमा पनि छैन । हामी यो अवस्थामा पनि पीडित छौँ,’ उनले भने, ‘हाम्रा सांसद जेलमा छन् । रेशम चौधरीजीलाई म यहाँ हेर्न चाहन्छु । हाम्रा धेरै मेयर, प्रदेशका साथीहरु, सयौँ कार्यकर्ता मुद्दा खेपिरहेका छन् । कस्ले किन ? यो संविधानले गर्दा, यो संविधानको त्रुटिले गर्दा ।’
उनले संविधानको धारा ७६ अनुसार बनेको सरकारमा प्रधानमन्त्री मजबूत हुन नसकेको भन्दै संसोधन गर्नुपर्ने पनि बताए ।

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया