पोखराबाट सुरु भयो सिरिज ‘ब्रम्हाण्ड’को सुटिङ

काठमाडौँ - कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरिज ‘ब्रह्माण्ड’को पोखरा स्थित गुप्तेश्वर महादेवमा मुहुर्त गरेसँगै सुटिङ प्रारम्भ भएको छ । रियाज नाटककारको लेखन तथा निर्देशन रहेको सिरिजमा अर्पण थापा, सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरीता गिरी, माओत्से गुरुङ्ग, सुरज विष्ट, सुप्रज्ञा शर्मा, सञ्जय ढुंगाना आदि कलाकारको अभिनय रहेको छ ।
सिरीजलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइन लागेको निर्माण कम्पनीको दाबी रहेको छ । सिरिजको पहिलो सिजन ८ एपिसोडको हुनेछ भने यसको पूरा समयावधि ८ घण्टाको हुने निर्माण कम्पनी कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ । सिरिज ओटीटी प्लेटफर्ममा रिलिज गरिनेछ । सिरिजका छायांकार पुरुषोत्तम प्रधान हुन् भने कार्यकारी निर्माता सागर राज आचार्य रहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया