शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

काेभिडबाट एकैदिन दुई जनाको मृत्यु

काठमाडौँ- पछिल्लाे २४ घन्टामा कोभिड-१९ काे संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।​

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दुई जनाको मृत्यु हुनुका साथै १७१ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण देखिएको हो ।

यस्तै कोभिडको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइसाेलेसनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत रहेकाे मन्त्रालयले जनाएकाे छ ।