राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन् । तिमिल्सिनाले शर्मालाई मङ्गलबार प्रेस सल्लाहकार नियुक्त गरेका हुन् ।
पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा छन् । विसं २०५६ मा न्यू धौलागिरि दैनिकबाट पत्रकारिता सुरु गरेका शर्मा यसअघि न्यू कालीगण्डकी दैनिकका सम्पादक थिए । उनले नेपाल समाचार पत्र, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिकलगायत सञ्चार संस्थामा काम गरेका छन् । शर्मा प्रेस चौतारी नेपालको पूर्ववरिष्ठ उपाध्यक्षसमेत हुन् ।

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया