मंगलबार १० असार, २०८२
Tuesday, June 24, 2025

'समृद्ध नेपाल, सुखी नेपाली' कि 'दरिद्र नेपाल, दुखी नेपाली ?'

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपालको अवस्था साह्रै बिग्रिएको बताएका छन् । सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै यादवले पहिले आशा लागेको र अहिले त्यो आशा हराएको बताएका हुन् ।

'पहिले आशा लागेको थियो, प्रधानमन्त्री भन्नुहुन्थ्यो- समृद्ध नेपाल, सुखी नेपाली तर आज दरिद्र नेपाल, दुखी नेपाली भएको छ', उनले भने,'यस्तो अवस्थामा विश्वासको मत कसरी दिने ? यहाँकै पालामा मधेशीहरूलाई सबैभन्दा धेरै मुद्दा लगाइएको छ । राजनीतिक आन्दोलनमा उठेका मुद्दा राजनीतिक तहबाटै हल हुनुपर्छ ।'