जेलमा बस्नुपर्नेले नाकै छोपेर इमानको ढोङ् फुक्न नछोडेको देख्दा लाज पनि लजाउँछ : नैनसिंह महर

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक शक्तिहरूप्रति जनतामा भ्रम छर्न खोजेकोमा आफ्नै चरित्र उदाङ्गो भएको बताए ।
सत्ता गठबन्धनबाट तनहुँ १ मा उम्मेदवार बनेको गोविन्द भट्टराईको व्यास ९ मा आयोजित कोणसभामा बोल्दै उनले जनतालाई धोका दिन छलछाम गर्नेहरू पराजित हुनेमा कांग्रेस विश्वस्त रहेको बताए ।
'कांग्रेसले लगाएको गुन भुलेर क्षणिक अवसरका खातिर चुनावमा होमिएका उम्मेदवार पनि यही क्षेत्रमा छन् । अन्य राजनीतिक स्वार्थ बोकेका उम्मेदवार पनि यसै क्षेत्रमा छन् । तर, कांग्रेससँग जनताको हितमामात्रै काम गरेको इतिहास छ । पार्टीमा कुर्न पनि सक्नुपर्छ । इतिहास बोकेको पार्टी हो । पार्टीले अवश्य योगदानको कदर गर्छ । गोविन्द भट्टराई जस्ता इमान्दार र ग्रास रुटमा रहेर काम गर्ने नेताको पालो अहिले आएको छ । उहाँलाई तनहुँ क्षेत्र नम्बर १ का जनताले जिताउनेमा म विश्वस्त छु', उनले भने ।
जनताले योग्य व्यक्तिलाई चिन्न सकेकै कारण तनहुँ १ राष्ट्रपति जस्तो व्यक्ति जन्माउन सफल भएको महरले बताए । डरलको खेती गरेका विदेश प्रस्तहरूले मुलुकको अनुहार फेर्छु भन्दै अहिलेका चेतनशील जनतामा भ्रम छर्न खोज्नु रत्तिभर पनि स्वभनीय नभएको उनले बताए ।
'दिनकै काण्डै काण्ड आइरहेका जेलमा बस्नुपर्नेहरूले नाकै छोपेर इमानको ढोङ् फुक्न नछोडेको देख्दा लाज पनि लजाउँछ अवस्थामा पुगिसक्यो । अब उहाँहरूको भ्रममा जनता पर्ने छैनन् । लोकतन्त्र ल्याएको कांग्रेसले हो । दुवै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको कांग्रेसले हो । संविधान जारी भएको कांग्रेसकै नेतृत्वमा हो । त्यसैले जनताले भ्रामक कुरामा होइन गरेका काममा केन्द्रित हुनुपर्छ,' महरले भने ।
तनहुँ–१ मा १० वैशाखको उपचुनावमा कांग्रेस नेता भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनाललगायत प्रतिस्पर्धामा छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया