राराब क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रवेश निषेध

जनकपुरधाम- जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) का आन्दोलनरत कर्मचारीहरूले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा निषेध गरेका छन् ।
बुधबार क्याम्पस प्रमुख प्रदीपकुमार प्रसादको कार्यालयमा तालाबन्दी गर्नुका साथै उनलाई क्याम्पस परिसरमा समेत प्रवेश निषेध गरेकाे प्रेस विज्ञप्ति जारी गरी उनीहरूले चेतावनी दिएका छन् । विभिन्न १३ बुँदे माग राख्दै कर्मचारीहरू विगत तीन दिनदेखि नेपाल प्रगतिशील कर्मचारी समूह, नेपाल प्रजातान्त्रिक कर्मचारी समूह र नेपाल राष्ट्रिय कर्मचारी संगठन आबद्ध कर्मचारी तथा प्राध्यापकहरू आन्दोलरत छन् ।
क्याम्पस प्रमुख प्रदीपले आफूहरूको मागलाई बेवास्ता गर्दै गएपछि बाध्य भएर क्याम्पसमा प्रवेश निषेधसहितको दोश्रो चरणको आन्दोलनको घोषणा गर्नु परेको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष विमलकुमार ठाकुरले बताए । दोश्रो चरणको आन्दोलन अन्तर्गत क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी र उनलाई क्याम्पस परिसरमा प्रवेश निषेधको कार्यक्रमको घोषण संयुक्त रूपमा उनीहरूले गरेका छन् ।
पहिलो दिन आइतबार उनीहरूले धर्ना दिँदै हातमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए भने दोस्रो दिन सोमबार क्याम्पसको प्रशासनिक कामकाज ठप्प पारेका थिए । विद्यार्थी अनुसार कर्मचारी र शाखा हुनुपर्ने उनीहरूको प्रमुख माग रहेको छ ।
'गत चैत २४ गते १३ बुँदे संयुक्त विज्ञप्ति मार्फत गरेको मागलाई क्याम्पस प्रमुख प्रसादले बेवास्ता गरेपछि गत वैशाख ३ गतेदेखि पहिलो चरणको आन्दोलन गरेका थियौँ, तर क्याम्पस प्रमुखले कुनै चासो लिनुभएको छैन, बाध्य भएर दोश्रो चरणको आन्दोलनको हामीले घोषणा गरेका हौँ,' ठाकुरले भने ।

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

प्रिमियर इन्टरनेशनल स्कूलको आइबीडीपि र एनइबी दीक्षान्त समारोह भव्यताका साथ सम्प…

काठमाडौँको ग्यालेक्सी पब्लिक स्कूलमा ‘राइज एन्ड लिड’ कार्यशाला भोलि हुने

नेसनल प्याब्सनले गर्यो झापा र सुनसरीमा तदर्थ समिति गठन, यस्ताे बन्याे समिति
आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

नेसनल प्याब्सन काठमाडौँले ३२७ शिक्षिकाहरूलाई गरायो तालिम

प्रतिक्रिया