कांग्रेसद्वारा तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा

काठमाडौँ- नेपाली कांग्रेसले विगतको तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्धका बागी बनेका तीन जिल्लाका उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थकको कारबाही फुकुवा गरेको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले आज विज्ञप्तिमार्फत बागी बनेर स्वतः कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चितवन र बाराका पार्टीका सम्पूर्ण सदस्यको अनुशासनको कारबाही आजैका मितिदेखि लागू हुने गरी फुकुवा गरेको जनाएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठकबाट केन्द्रीय अनुशासन समितिको यस निर्णय कार्यान्वयन प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानको धारा ७१ को अधिकार प्रयोग गरी उक्त धाराको व्यवस्था निलम्बन हुने समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए ।
पार्टी अनुशासनको कारबाही फुकुवा भएका तनहुँ, चितवन र बाराका सम्पूर्ण नेता कार्यकर्तालाई यही वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ का पार्टीका उम्मेदवार गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ का पार्टीका उम्मेदवार जीतनारायण श्रेष्ठ तथा पार्टीले समर्थन गरेका बारा क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी बनाउनका लागि सक्रियतापूर्वक क्रियाशील रहनसमेत समितिले अनुरोध गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया