आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सत्ता गठबन्धननका शीर्ष नेताहरू आज तनहुँ जाँदै

काठमाडौं - सत्तारूढ गठबन्धनका नेताहरू आज तनहुँ जाँदैछन् । तनहुँ– १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन् ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज तनहुँ जान लागेको नेपाली कांग्रेस तनहुँका सभापति  जितप्रकाश आलेले जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।