मानहुँ डाँडामा खिचिएको ‘आर्या’ को गीत सार्वजनिक

काठमाडौं: लकडाउनको समयमा भाइरल भएको पर्यटकीयस्थल मानहुँ डाँडामा खिचिएको फिल्म ‘आर्या’को गीत सार्वजनिक भएको छ । निर्माण टिमले मानहुँ डाँडाले पाइरहेको चर्चासँगै गीतको पनि चर्चा हुने अपेक्षासहित फिल्ममा समावेश ‘हाम्रो धर्ती’ बोलको गीत रिलिज गरेको हो ।
फिल्म निर्देशक उपेन्द्र तिमल्सिनाले मानहुँको चर्चाको सन्दर्भ पारेर गीत रिलिज गरेको जानकारी गराए । ‘अहिले यो ठाउँको अचानक चर्चा चलेको छ । यही चर्चाको सन्दर्भ पारेर हामीले त्यही ठाउँमा खिचेको गीत सार्वजनिक गर्ने निर्णय गरेका हौं,’ उपेन्द्रले भने । मेलिना राईको स्वर र लक्ष्मण सिटौलाकाे शब्द रहेको गीतलाई राम सिटौलाले संगीत गरेका हुन् । संगीतकार सिटौलाले राष्ट्र भावको गीतलाई छायांकनस्थलको छनोटले थप सुन्दर बनाएको बताए ।
‘गीत जति मीठो थियो त्यसलाई छायांकनस्थल र छायांकनले थप सुन्दर बनाएको अनुभूति भएको छ । फिल्मका बाँकी गीत पनि उत्तिकै श्रुति मधुर छन्,’ रामले भने ।
गीत सार्वजनिक भए पनि फिल्मको प्रदर्शन मिति भने टुंगो लाग्न सकेको छैन । निर्देशक उपेन्द्रले लडडाउन खुले लगत्तै फिल्म प्रदर्शन गर्ने योजना रहेको जानकारी गराए । दिव्यराज सुवेदीको छायांकन र कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा शिल्पा पोखरेलले अभिनय गरेकी छिन् । फिल्ममा अनुप विक्रम शाही, प्रकाश शाह, रवि गिरी, सुशिल पोखरेललगायतका कलाकारको अभिनय छ ।

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_w8VG2XA4lP_eiwohimcc1zx2km1hy3yntxuhwomxgwmq5k3uh6k9eioqvtsw4clzhoqq8vm.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रतिक्रिया