यूएईमा नेपालीले जिते ७१ करोडको लक्की ड्र

काठमाडौं- रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका एक नेपाली युवालाई २ करोड यूएई दिराम (नेपाली रुपैयाँ ७१ करोड ७७ लाख ८२ हजार ४९६ ) को चिट्ठा परेको छ ।
विगत २३ वर्षदेखि यूएईमा सवारी चालकको काम गर्दै आएका पदम नाम गरेका नेपाली नागरिकले ‘महजुज ड्र’ मार्फत पहिलो विजेता हुँदै यो रकम प्राप्त गर्ने भएका हुन् ।
स्थानीय पत्रिका खालिज टाइम्सका अनुसार यूएईमा हरेक हप्ता हुँदै आएको ‘महजुज ड्र’ को १२४ औं संस्करणमा पदमले यो रकम जितेका हुन् ।
पदमले ५,१०,४१, ४६ र ४९ नम्बरमध्ये पाँच वटै मिलाएर यति ठूलो रकम जितेका हुन् ।

ओमनमा भिजिट भिसामा पुगेर कामदार हुन नपाइने

कतारका पाँच विद्यालयमा नेपालीले पढ्न पाउने

कतारले नेपाली अभिभावकका भिसा प्राप्त सन्तानलाई विद्यालय पहुँचमा पुर्याउने

भिजिट भिसामा यूएई पुगेका नौ नेपाली युवा ११ महिनादेखि जेलमा

दुबईमा 'तीज विशेष सांस्कृतिक धमाका २०७९' कार्यक्रम हुँदै

साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान

कतारमा आजदेखि ६ वर्ष माथिका सबैले मास्क लगाउनुपर्ने

प्रतिक्रिया