गण्डकीमा थप १३ संक्रमितको मृत्यु, ६५३ संक्रमित थपिए

पोखरा : गण्डकी प्रदेशमा सोमबार ६५३ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ११ वटै जिल्लामा कुल ६५३ संक्रमित थपिएका हुन् । थपिनेमा नवलपुरमा ८६, म्याग्दीमा ६३, बागलुङमा ५८, पर्वतमा ५०, लमजुङमा ३७ संक्रमित छन् । तनहुँ र गोरखामा २२/२२, स्याङ्जामा १५ र मुस्ताङ, मनाङमा १/१ जनामा संक्रमण देखिएको छ ।
यससँगै प्रदेशमा कोभिड संक्रमितको संख्या २३ हजार ८८२ पुगेको छ । प्रदेशमा ५ हजार ५३३ सक्रिय संक्रमित छन् । सोमबार प्रदेशमा १३ संक्रमितको मृत्यु भएको छ । स्याङ्जाका ४, पर्वतका ३, म्याग्दी, कास्कीका २/२, तनहुँ, रुपन्देहीका १/१ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७६ पुगेको छ ।

रिडी–तम्घास सडक कालोपत्र गरिँदै

डाडागाउँमा ‘एक घर, एक धारा’
च्याङग्राका भुवाको बजार सुनिश्चित

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

प्रतिक्रिया