‘पठान’बाट मालामाल शाहरुख, भागमा पर्यो २ सय करोड

मुम्बई - बलिउडमा केही अभिनेता फिल्म खेलेवापत् पारिश्रमिक लिँदैनन् । नाफाको हिस्सेदारी लिन्छन् । आमिर खान, शाहरुख खान, सलमान खान, अक्षयकुमार मुलतः फिल्म खेलेवापत सेयरमा बस्छन् । फिल्मले नाफा कमाए, पैसा आयो । नकमाए स्वाहा । यस्तोमा शाहरुख खानले भने ‘पठान’बाट २ करोड लगेको खबर छ । फिल्मले हल ,स्याटालाइट र ओटीटी रिलिजबाट प्राप्त रकमबाट शाहरुखलाई २ सय करोडको मुनाफा दिएको हो ।
फिल्मले देश तथा विदेशमा गरी हजार करोड ज्यादा ग्रस गरेको थियो । यो कमाइबाट वितरक तथा प्रदर्शकको सेयर कटाउँदा निर्माताको हातमा ३ सय ३३ करोड परेको थियो । यसबाट पनि शाहरुखको प्रतिशत भाग लगाउँदा २ सय करोड उनको भागमा परेको हो ।
दीपिका पादुकोन र जोन अब्राहमको समेत मुख्य भूमिका रहेको फिल्मले भारतमा मात्र ५ सय ४५ करोड ग्रस गरेको थियो । विदेशमा ३ सय ९६ करोड कमाइ गरेको आँकडा छ । यसमा वितरकले देशबाट २ सय ४५ र विदेशबाट १ सय ७८ करोड हात पारेका थिए ।
फिल्मको स्याटालाइट अधिकार १ सय ५० करोडमा बिकेको थियो । यसरी सबैतिरको मुनाफा जोड्दा शाहरुखको भागमा २ सय करोड परेको हो । शाहरुखले फिल्म खेल्दा एक पैसा पनि नलिएको खबर थियो । तर फिल्म रिलिजपछि उनले सिधै २ अर्ब पाएका छन् । ‘पठान’ २ सय ७० करोडमा बनेको फिल्म थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया