सवारी दुर्घटनामा एकै परिवारका दुई जनाको मृत्यु

महोत्तरी- सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटनामा महोत्तरी गौशाला बस्ने एकै परिवारका दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गौशाला न.पा ११ का श्रवणकुमार महतो र मोटरसाईकलमा पछाडि सवार श्रवणका भतिज बिक्रम कुमार महतोको घटनास्थलमै ज्यान गएको हो ।
लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बुधवार सोही ठाउँबाट झन्डै १५ किलोमिटर दुरी रहेको माइस्थान–गौशाला–सम्सी सडक खण्डमा पनि दुर्घटना भएको थियो । बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस र मधेस प्रदेश ०१–००४–प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एकैपरिवारका तीन जनाको मृत्यु भएको थियो ।
२४ घण्टाको अवधिमा पूर्वपश्चिम राजमार्ग नजिकै ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालयमा बिहान पढाई हुने

माओवादी नेता माझीसहित सिमरीको सिंगो गाउँ नै एमालेमा प्रवेश

सुत्केरी मृत्यु प्रकरण : अस्पताल सञ्चालकसँग सोधपुछ

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

प्रतिक्रिया