रिलिज अगावै हिन्दी भर्जनबाट ‘पुष्पा २’ लाई २ सय ७५ करोडको मुनाफा

मुम्बई - फिल्म ‘पुष्पा’को सफलता देख्दा जोकोही चकित परेका थिए । कमाईको मामलामा यो फिल्मले सबै रेकर्ड तोडिदिएको थियो । अहिले यसका निर्माताले ‘पुष्पा’को सिक्वेल ‘पुष्पाः द रुल’ निर्माण गरिसकेका छन् । फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ ।
फिल्मको टिजर र ट्रेलर रिलिज अघि नै फिल्मले २ सय ७५ करोड रुपैंयाँ कमाइसकेको छ । फिल्मको हिन्दी भर्सनलाई निर्माताले २ सय करोडमा बेचेका छन् ।त्यस्तै उनीहरुले फिल्मको अडियो राइट्स पनि ७५ करोडमा बेचेका छन् । निर्माताले अल्लु अर्जुनको प्रमुख भूमिकामा अभिनय रहने फिल्मले यसपटक २ हजार करोडको व्यापार गर्ने दाबी गरेका छन् ।
रश्मिका मन्दानाको समेत अभिनय रहेको फिल्म सन् २०२४ को अप्रिलमा रिलिज हुने तयारीमा छ । हालैमात्र अल्लुको जन्मदिनको केही मिनेटमै फिल्मको भिडियो रिलिज गरिएको थियो । भिडियोमा अल्लुको लुक्सलाई देखेर उनका फ्यानहरु उत्साहित देखिएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया